अण्डाको मूल्य हालसम्मकै उच्च, कोरोनाले खस्किएको पोल्ट्री व्यवसायले गति लिँदै « Khabarhub

अण्डाको मूल्य हालसम्मकै उच्च, कोरोनाले खस्किएको पोल्ट्री व्यवसायले गति लिँदै


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य वृद्धि भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । मूल्य वृद्धिले कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् ।

यससँगै गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ ।

निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलकाअनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ ।

‘निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ’ उनले भने ।

ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा रु ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए ।लेयर्स चल्ला भने पुर्‍याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन ।

लेयर्स प्रतिवटा रु १ सय ७० मा बिक्री भइरहेको छ । देशभरमा ३ सय ४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहेका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउछन् । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासाही बन्दै जानसक्ने उनको चिन्ता छ ।

आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो ।

केन्द्रीय अध्यक्ष शिवराम केसीले मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ ।

अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट रु ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट रु ३६० हाराहारी पर्ने उनको भनाइ छ ।

कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । ‘अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ’ उनी भन्छन्, ‘पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्‍याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको छ ।’

हाल देशभर दुई हजार ७ सय हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो रु ५० पर्ने भटमास रु १ सय ५ रुपैयाँसम्म पुगेको र रु २२ हाराहारीमा पाउने मकै रु ३७ सम्म पुगेको बताउछन् ।

‘दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन’ उनी सुनाउँछन्, ‘कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।’

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ५९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को