हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा | Khabarhub Khabarhub

हुम्लाको स्वास्थ्य शिविरमा १८ सय बढीले लिए सेवा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा. शर्माले बताए ।

उनका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौं मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौंमा पनि निःशुल्क उपचार गरिने छ ।

निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् ।

स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : १२ बजे

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा 

काठमाडौं– भनिन्छ, नेपाल कृषि प्रधान देश हो । शायद यही

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति बैंकमा

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै

जसपा फुटविरुद्ध उपेन्द्रले दिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी