भैँसी खरीदमा १७ लाख अनुदान « Khabarhub

भैँसी खरीदमा १७ लाख अनुदान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए ।

किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उनको भनाइ छ । उनले भने, “महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जनाएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ ।

प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रु एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैँसी पाल्ने र रु एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गीकृत गरिएको छ ।

यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रु ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० वटासम्म गाईभैँसी र रु ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, पाँचदेखि नौ वटासम्म गाईभैँसी र रु १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधैँ गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गरे ।

महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल