डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाइन्छ : उर्जा मन्त्री भुसाल « Khabarhub

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाइन्छ : उर्जा मन्त्री भुसाल


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता जसरी पनि उठाएर छाड्ने स्पष्ट पारेकी छन् ।

सोमबार ऊर्जा मन्त्रालयमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता १५ अर्बमाथि रहेको र जसरी पनि बक्यौता उठाउने बताएकी हुन् । उनले उत्पादनको चरणमा जान रोकिएका आयोजनालाई अघि बढाउन आफ्नो ध्यान केन्द्रीत गर्ने पनि बताइन् ।

बूढीगण्डकीलगायत आयोजनाको काम अघि बढाउने र सिँचाइको क्षेत्रमा समन्वय गरी अघि बढ्ने मन्त्री भुसालले बताइन् । त्यस्तै धेरै विद्युत उपयोग गर्ने उपभोक्तालाई सहुलियत दिनेतर्फ अघि बढ्नुपर्ने धारणा राखिन् । आयोजनाको निर्माण र प्रसारणलाइन विस्तार द्रुतगतिमा अघि बढाइने उनको भनाइ थियो ।

उनले यसअघिका मन्त्रीहरुले गरेका काम र आवश्यक नीतिलाई निरन्ता दिने जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : १५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,