२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार ३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी जम्मा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ६८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १७, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ५,  झापामा ३१४,  ताप्लेजुङमा ३, तेह्रथुममा २,  धनकुटामा २१, पाँचथर ३,  भोजपुरमा ३,  मोरङमा १२०,  सोलुखुम्बुमा ६ र सुनसरीमा १०६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९, पर्सामा २, बारामा २, महोत्तरी ३, रौतहटमा ७ सप्तरीमा ६, सर्लाहीमा ९ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ६७७, काभ्रेमा ३०, चितवनमा ९८, दोलखामा २, धादिङमा ‍६१, नुवाकोटमा २९, भक्तपुरमा १२५, मकवानपुरमा ८४, रसुवा ४, रामेछापमा २१, ललितपुरमा १९७, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ३० जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १०५, पर्वतमा २, मुस्ताङमा २, लमजुङमा ६, म्याग्दीमा १,  बागलुङमा १८ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १४, कपिलवस्तुमा ७, गुल्मीमा ८, दाङमा १६, नवलपरासीमा ११, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ४, बाँकेमा ८, रोल्पामा ६ र रुपन्देहीमा ५३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, मुगुमा १, रुकुम पश्चिम १,  सल्यानमा १ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २, कैलालीमा ५, डडेल्धुरामा ३,  बझाङमा १ र बैतडी १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ५ : ४३ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा