खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

खोपको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री श्रेष्ठ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप अभाव हुन नदिने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताएका हुन् ।

उनले अनुदानका लागि सम्झौताको तयारी भइरहेको पनि बताए । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे ।

उनले अहिलेको पहिलो प्राथमिकताका भनेको खोप भएकाले कम्तीमा पनि ६० प्रतिशत जनतालाई खोप लगाउनुपर्ने बताए । कोरोनाको तेस्रो लहरको जोखिमको तयारी पनि शुरु भइसकेको उनले बताए ।

त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोनाको तेस्रो लहरको जोखिम कायमै रहेको र सबै सचेत हुनुपर्ने बताए । कोरोना संक्रमण केही संख्यामा घटेको देखेपनि फेरि बढ्न सक्ने आंकलन रहेको उनको भनाइ छ । उनले पर्याप्त खोपका लागि सरकारले सबै विकल्पलाई खुला राखेको जिकिर गरे ।

बैठकमा सांसदहरुले सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने बताएका थिए ।

मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जनाएको छ भने आगामी मंसिरसम्म २ लाख नयाँ संक्रमित थपिने समेत प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार