पशुपतिनाथमा पूजापाठ गर्दै पूर्वमन्त्री अरगरियाद्वारा वाग्मती नदीमा दूध अर्पण « Khabarhub

पशुपतिनाथमा पूजापाठ गर्दै पूर्वमन्त्री अरगरियाद्वारा वाग्मती नदीमा दूध अर्पण


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री उमाशंकर अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी वाग्मती नदीमा दूध अर्पण गरेका छन् । साउने सोमबारको अवसर पारेर मन्त्री अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरी वाग्मती नदीमा दूध अर्पण गरेका हुन् ।

नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा मन्त्री अरगरिया, राजनीतिक विश्लेषक देवेश झा लगायत हिन्दूवादी युवा तथा महिलाहरुले पशुपति मन्दिरमा पूजाआजा गरेका हुन् ।

धर्मगुरु एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाले केही दिन अघि गंगामा दूध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दू धर्मावलम्वीहरुको भावनामा चोट पुर्‍याउने गरी टिप्पणी गरेका बेला पूर्वमन्त्री अरगरिया लगायत हिन्दूवादी युवाहरुले वाग्मती नदीमा दूध अर्पण गरेका हुन् ।

वाग्मतीमा दूध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुर लगायतले पूर्वप्रधानमन्त्री भट्टराई हिन्दू विरोधी गतिविधिमा लागेको भन्दै आलोचना गरेका थिए ।

‘तिथि अनुसार आज श्रावण महिनाको सोमबार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन विधिले पूजा पाठ गर्दै वाग्मती नदीमा दूध अर्पण गरेका छौ,’ अध्यक्ष ठाकुरले भने, ‘हाम्रो सनातन धर्म विरोधी गतिविधि नगर्न डा भट्टराईलाई चेतावनी दिन्छौँ । सनातन धर्ममाथिको आक्रमण सैह्य हुने छैन ।’

योगी आदित्यनाले केही दिन अघि गंगामा दूध अर्पण गर्दै गरेको तस्वीर ट्वीटरमा शेयर गरेर बाबुरामले अन्धविश्वासले दूध बगाउने र गहुँत खान बाध्य पारेको भन्दै हिन्दूको आस्थामाथि नै चोट पुर्‍याउने गरेको उनीहरुले आरोप लगाएका छन् । उनको उक्त कदमको चौतर्फी आलोचना समेत भएको थियो ।

डा. भट्टराइको उक्त ‘हर्कत’को राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, भारतीय जनता पार्टी नेता विजय चौथाइवाला लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ११ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर