गत आर्थिक वर्षमा निर्यात ४४.४३ प्रतिशत र आयात २८.६६ प्रतिशत वृद्धि  | Khabarhub Khabarhub

गत आर्थिक वर्षमा निर्यात ४४.४३ प्रतिशत र आयात २८.६६ प्रतिशत वृद्धि 


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका बीचमा पनि आर्थिक वर्ष २०७७/७८ मा २८.६६ प्रतिशतले आयात बढेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु आयात गरेकोमा २०७७/७८ मा आयात बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको आयात भएको छ । यो वृद्धि २८.६६ प्रतिशत हो ।

आर्थिक वर्ष २०७६/७७ मा ९७ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात गरेकोमा ०७७/७८ मा निर्यात बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । यो वृद्धि ४४.४३ प्रतिशत हो ।

विशेष गरी नेपालबाट भटमासको प्रशोधित तेल, गलैँचा, चिया, अलैँची जस्ता वस्तुहरू विश्वबजारमा निर्यात हुनेगर्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ३ खर्ब ५ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक २०७७/७८ मा राजस्व संकलन ह्वातै बढेर ४ खर्ब ४३ अर्ब २६ करोड भएको छ । यो वृछि ४५.१६ प्रतिशत हो ।

धेरै आयात भएका वस्तुहरू

आर्थिक वर्ष २०७७/०७८ मा धेरै आयात भएका वस्तुमध्य भटमासको कच्चा, मोबाइल फोन, एम.एस. वालेट र विगतको तुलनामा सुन दोब्बरदेखि तेब्बरसम्म आयात भएको देखिन्छ ।

आर्थिक वर्ष ०७६/७७ मा १८ अर्ब ७२ करोडको भटमासको कच्चा तेल आयात भएकोमा ०७७/७८ मा ५३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै ७१ अर्ब ५२ करोड रुपैयाँको निर्माणका लागि प्रयोग गरिने सामग्री (एम.एस.वालेट) आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो ।

२०७६/७७ मा १८ अर्ब १७ करोड रुपैयाँको मोबाइल फोन आयात भएकोमा गत आर्थिक वर्ष ३६ अर्ब ९० करोडको मोवाइल फोन आयात भएको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यास ३६ अर्ब १५ करोड, तयारी कपडा २९ अर्ब ४८ करोड, पोलिथिन दाना २७ अर्ब ६६ करोड, चामल २७ अर्ब ६२ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै सुन आयात पनि दोब्बरले बढेको देखिन्छ । ०७६/७७ मा १३ अर्ब ६४ करोड रुपैयाँको सुन आयात भएकोमा ०७७/७८ मा २७ अर्ब ४८ करोड (१०१.५१ प्रतिशत) ले बढेको छ ।

९१ अर्बको डिजेल, ३२ अर्बको पेट्रोल

आर्थिक वर्ष २०७६/७७ मा ८७ अर्ब ३७ करोड रुपैयाँको डिजेल आयात भएको थियो भने ०७७/७८ मा ५.२३ प्रतिशतले वृद्धि भई ९१ अर्ब ५४ करोड रुपैयाँको डिजेल आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा २८ अर्ब ३६ करोड रुपैयाँको पेट्रोल आयात भएकोमा आथिर्क वर्ष ०७७/०७८ मा ३२ अर्ब ४४ करोड रुपैयाँको पेट्रोल आयात भएको विभागले जनाएको छ ।

धेरै निर्यात भएका वस्तुहरू

नेपालबाट विश्वबजारमा निर्यात हुने पहिलो नम्बरमा भटमासको प्रशोधित तेल रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निर्यात भएकोमा आर्थिक वर्ष ०७७/७८ मा ५३ अर्ब ६५ करोड (३२२.२५ प्रतिशत) ले बढेको देखिन्छ ।

त्यस्तै सेन्थेटिक यार्न ८ अर्ब ३६ करोड, उनी गलैँचा ७ अर्ब २४ करोड, अलैँची ७ अर्ब २ करोड, तयारी कपडा ५ अर्ब ११ करोडको निर्यात भएको छ ।

त्यस्तैगरी ४ अर्ब २९ करोडको जुटका बुनिएका कपडा, ४ अर्ब २२ करोडको फलफूलको जुस, जमोठ कपडा ४ अर्ब ४ करोड, चिया ३ अर्ब ७९ करोड र ३ अर्ब २९ करोडको अन्य कपडा (उनी, सुती, टेर्र) निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ०६ बजे

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

एजेन्सी–  संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा,

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी