राष्ट्रिय एकता अभियानद्वारा प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ ।

प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै एकता अभियानले प्रदर्शन गरेको हो । उनीहरुले विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा अभियानका संरक्षक नवल किशोर बाबा, उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता काशीन्द्र यादव, केन्द्रीय सदस्य मनोज पासवान, शर्मिला माहरा,जितेन्द्र दास, प्रदेश २ संयोजक मिथुन साह, जनकपुर संयोजक मनीष पुरबे, उपाध्यक्ष एस के यादव लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको राजीनामा समेत माग गरेको छ । जनकपुरको रामानन्द चोकबाट शुरु भएको र्‍याली जनकचोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनका क्रममा उनीहरुले मुख्यमन्त्री राउतको पुतला दहन गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १७ बजे

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज

‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी

काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ– नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड