आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका « Khabarhub

आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् ।

केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए ।

मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका पत्रकार तुरले आफूलाई गरिएको हमलामा आईएसआई सदस्यहरुको संलग्नता हुन सक्ने जनाएका छन् ।

आक्रमणकारीहरु आईएसआई हुन या होइनन् पत्ता लगाउने काम प्रहरीको भएको जर्मन समाचारपत्र डुस्टाच वेलसँग अन्तवार्तामा उनले बताए ।

पाकिस्तानमा वर्तमान सरकारको समयमा पत्रकारहरुमाथि आक्रमणको घटना ह्वात्तै बढेको तुरले बताए । सरकारकारले गरेका धेरै गैरकानुनी र गलत कामहरुको कारण पत्रकारहरुमाथि असुरक्षा बढेको तुरले बताएका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : १० बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव