‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति « Khabarhub

‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को (एएनआई)- कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो ।

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो ।

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुटनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ ।

मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १० : ५५ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक