माधव नेपालको पार्टीले पहिलो पत्रकार सम्मेलन गर्दै « Khabarhub

माधव नेपालको पार्टीले पहिलो पत्रकार सम्मेलन गर्दै


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले विहीबार पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगबाट सो दलले बुधबार अबेरमात्र दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

सो पार्टी नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी ब्यांक्वेटमा गर्न लागिएको जानकारी दिएका छन् । एमाले विभाजन गरेर बनेको यो दलले आफ्नो नीति तथा कार्यक्रम, सिद्धान्त, संरचनालगायतका विषयमा जानकारी दिन लागेको हो ।

एमाले विभाजन भएसँगै त्यसका प्रभावहरु पनि देखिन थालेका छन् । एमाले विभाजन भएपछि सबैभन्दा पहिलो झड्का प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई परेको छ । उनले विहीबार पदबाट राजीनामा दिएका छन् । एमालेकै नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । बागमतीकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्मतमा परेकी छन् ।

प्रदेश नम्बर १ मा पनि भीम आचार्यले कसरी बहुमत पुर्याउँछन् त्यो भने निश्चित छैन । तर विहीबार उनी सिंगो एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ०४ बजे

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।