एमाले केन्द्रीय कमिटी बैठक जारी, माधव नेपालको साथ छाडेका नेताहरु सहभागी, वामदेव अनुपस्थित « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक जारी, माधव नेपालको साथ छाडेका नेताहरु सहभागी, वामदेव अनुपस्थित


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसिलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा सुरु भएको छ । एमाले विभाजनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको छ ।

यो बैठकले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्ने नेताहरुलाई कारबाही गर्ने एजेण्डा रहेकाे छ । विहीबारको बैठकमा पार्टी विभाजनअघि माधव समूहमा रहेका केन्द्रीय सदस्यहरु पहिलो पटक एमाले बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, निरज आचार्य, राजबहादुर बुढा, श्रीमाया थकाली, रचना खड्का, अरुण नेपाल, यज्ञराज सुनुवारलगायत नेताहरु पुस ५ यता पहिलो पटक ओलीको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएका हुन् ।

उता उपाध्यक्ष वामदेव गौतम भने विहीबारको बैठक अनुपस्थित भएका छन् । उनी एकीकृत समाजवादीमा पनि छैनन्, एमाले बैठकमा पनि गएनन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १ : ३१ बजे

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२