काठमाडौँ– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले रिले अनशन गरेका हुन् ।
विहीबार तीनवटा जिल्लाका सभापति र दुईजना युवा नेताहरु अनशनमा बसेका छन् ।
विहीबार तनहुँ सभापति बैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पाका सभापति अंगत बुढा रिले अनशनमा बसेका छन् । यस्तै
युवा नेताहरु मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँ अनशनमा बसेका छन् ।
जिल्ला सपभातिहरुको आन्दोलनमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले समर्थन जनाएका छन् ।
प्रतिक्रिया