तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा « Khabarhub

तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिबाने काबुल शहरको महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ ।

हालै कैयौं चरमपन्थी संगठनहरुले शहरको शान्ति सुरक्षालाई चुनौती दिने जस्ता सन्देशहरु सार्वजनिक गरेका थिए । २४ अगस्टमा एक ट्वीटर पोस्टमा तालिबानको अरबी भाषाको ह्याण्डलले यो विषयमा जानकारी दिएको छ । ट्वीटमा एक तस्वीरसहित लेखिएको छ, ‘यो फतेह वाक’ अथवा विजेता बल हो यसले काबुल शहरमा गस्ती गर्न सुरु गरिसकेको छ ।’

पोस्ट गरिएका ४ वटा तस्वीरमा हतियारसहित सैनिक आफ्नो सुरक्षा वाहनका साथ देखिन्छन् । अर्को तस्वीरमा यी सवारी साधानमा नयाँ फोर्सको पस्तो र अंग्रेजी नाम देखिन्छन् ।

महत्वपूर्ण स्थानको सुरक्षा

तालिबानको अरबी भाषाको ट्वीटर ह्याण्डलले यसभन्दा धेरै जानकारी दिएको छैन । तर इस्लामिक इमिरेट्सको मल्टिमिडियाको ह्याण्डलले नयाँ फोर्सले सराय शहजादासहित काबुल शहरको सुरक्षा गरिरहेको दावी गरेको छ ।

१५ अगस्टमा तालिबानले काबुलमा कब्जा गरेपछि उसको अरबी भाषाको ट्वीटर ह्याण्डलले बद्री ३१३ नामको एक यूनिटलाई स्पेशल बलको नामबाट प्रचारित गरेको थियो । १५ र १७ अगस्टका ट्वीट्समा तालिबानले बद्री ३१३ यूनिटलाई राष्ट्रपति भवनका साथै रणनीतिक र संवेदनशील क्षेत्रको सुरक्षामा तैनाथ गरिएको बताइएको छ ।

जुलाईमा तालिबान प्रवक्ता जबीबुल्लाह मुजादिनले बद्री ३१३ को पासिंग आउटबारे ट्वीट गरेका थिए । यसअघि उनले नोभेम्बर २०१८ मा पनि यही फोर्सको चर्चा गरेका थिए । गएका दिनहरुमा तालिबानले मानिसहरुको जीवन सामान्य अवस्थामा फर्किएको सन्देश दिने प्रयास गरिरहेको छ ।

चीनद्वारा सहयोगको प्रस्ताव

यसैबीच चीनले अफगानिस्तानमा शान्ति र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताएको छ । चीनले अफगान तालिबानको एक प्रतिनिधिमण्डलले चिनियाँ राजदूतसँग भएको भेटका क्रममा यस्तो सहयोगको प्रस्ताव गरेको हो । चिनियाँ सरकार समर्थित सञ्चार माध्यम द पेपरले चिनियाँ राजदूत र तालिबान प्रतिनिधिमण्डलबीचको भेटलाई प्रभावकारी र महत्वूर्ण भनेको छ ।

रुस र पाकिस्तानपछि तालिबानको कब्जालाई सहज रुपमा लिने चीन तेस्रो मुलुक हो । काबुलमा नियन्त्रण गर्नुभन्दा पहिला पनि तालिबान प्रतिनिधिमण्डल बेइजिङ गएको थियो । सो प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेको थियो । चिनियाँ सञ्चार माध्यमहरुले सो भेटको तस्वीर सार्वजनिकसमेत गरेका थिए । त्यतिबेला नै तालिबानले चीनसँग समन्वय गर्न तयार रहेको बताएको थियो । (बीबीसीको सहयोगमा)

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  २ : ३१ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव