नेपाल-भारतबीचको मैत्रीपूणखेल प्रसारण अधिकार एडप्याडलाई | Khabarhub Khabarhub

नेपाल-भारतबीचको मैत्रीपूणखेल प्रसारण अधिकार एडप्याडलाई


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एडप्याडसँग प्रसारण अधिकारको सम्झौता गरेको छ ।
कार्यक्रममा एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एडप्याडले २५ लाख १० हजारमा प्रशारण अधिकार किनेको हो । नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ३० बजे

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

 काठमाडौं– आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा

भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबर्जस्ती उपभोग गरेका

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

एजेन्सी– चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ