माधव नेपालको पार्टी एमसीसी परिमार्जन गर्नुपर्ने पक्षमा « Khabarhub

माधव नेपालको पार्टी एमसीसी परिमार्जन गर्नुपर्ने पक्षमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने पक्षमा रहेको जनाएको छ ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुले सोधेको प्रश्न उत्तर दिँदै एमसीसी परियोजना परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

उनले विगतमा अध्ययन गरेको सो प्रतिवेदनमा रहेका मान्यतालाई आधार मानेर, सुधार गरेर, परिमार्जन गरेर नेपालको हीतमा नै प्रयोग हुने गरी अघि बढाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘ यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्, विदेशीहरुविरुद्धमा त्यो लक्षित नहोस्, नेपालीहरुको हितमा कुठाराघात नहोस् भन्ने कुरामा विशेष हामी जोड दिनेछौँ ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ५ : ३९ बजे

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।