नयाँ टाटा सफारी नेपाली बजारमा | Khabarhub Khabarhub

नयाँ टाटा सफारी नेपाली बजारमा


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको बिहीवारदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।

नयाँ टाटा सफारीको शुरूआती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

आधुनिक युगका शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

‘साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकको इच्छा र आकांक्षा अनुरूप आकर्षक, बलियो र ‘स्पोर्टी’ रहेको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिको सौन्दर्यबाट प्रभावित/प्रेरित छ । नेपाल पनि यस्तै वनस्पतिले भरिपूर्ण भएकाले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउँदो रहेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरूमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ टाटा सफारीको नेपालमा बिक्री वितरणबारे टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेसका प्रमुख मायांक बाल्डी भन्छन्, ‘हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको बिक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेञ्जका’ गाडीहरूको ३ आधार स्तम्भहरू हुन् र यी आधार स्तम्भहरू हाम्रो दृढ प्रतिबद्धताको उपज हो । ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरूको प्रयोग गरिएको छ ।

यसैगरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नयाँ उचाइमा पुर्‍याउनेछ । भारतमा ६ महिनाभन्दा पनि कम अवधिमा नै १० हजार वटाभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ । ग्राहकहरूको टाटाप्रतिको यस्तो अटुट माया र विश्वासबाट हामी धेरै खुशी र उत्साहित छौं । नेपाली बजारमा पनि ग्राहकहरूको अगाध माया र प्रशंसा प्राप्त गर्ने हाम्रो आशा र चाहना छ ।’

‘नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशेढुंगा हो । नेपाली ग्राहकहरूको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने हामीले आशा राखेका छौं । यस वर्षको चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको ‘आइकोनिक’ ब्राण्ड नेपाली ग्राहक वर्गसामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी भन्छन्, ‘ग्राहकहरूलाई उत्कृष्टभन्दा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो उद्देश्य अनुसार नयाँ सफारीलाई ललितपुर शहरको मुटुमा अवस्थित लबिम मलको विशेष ‘एक्स्पीरिएन्स जोनमा’ पनि डिस्प्ले गरिनेछ । यस जोनमा टाटा मोटर्सका ग्राहकहरूले ‘प्रिभिलेज पार्किङ’ सुविधा मात्र नभई आफूलाई मन पर्ने ताजा कफीको स्वादसँगै टाटा मोटसर््का सेवा र उत्पादनहरूबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।’

आफ्ना ग्राहकलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्यक्षमता प्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ गरिएको जनाइएको छ । २.० लिटरको टर्बोचार्जड् काइरोटेक इन्जिन भएको गाडीमा शहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरूमा नयाँ र रोमाञ्चकारी अनुभवका साथ यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

‘२७४१ मिलिमिटर चौडा ह्विलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यास बोर्डसहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुनेछ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘सफारीको नयाँ अवतारमा टाटा मोटर्स्ले ओएमईजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजमा आधारित रही ल्यान्ड रोभरको प्रख्यात डी८ प्ल्याट फर्ममा निर्माण गरेको हो ।’

उत्कृष्ट सुरक्षाको लागि उन्नत ईएसपी र बोस मोड जस्ता विशेषताहरू पनि ६/७ सिट क्षमताको गाडीमा पाइने र नयाँ सफारी द्रुतगतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ ।

‘निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइदेखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरू छन् । भारतमा गत वर्षदेखि मात्र बिक्री वितरण थालनी गरिएको यस गाडीले छोटो समयमै ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोडिसकेको छ । भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी बिक्री हुने एसयूभीमध्ये एक हो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ४ : ४३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही