पाकिस्तानमा आफूमाथि आईएसआईले आक्रमण गरेको पत्रकारको आशंका « Khabarhub

पाकिस्तानमा आफूमाथि आईएसआईले आक्रमण गरेको पत्रकारको आशंका


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी पत्रकार असद अलि तुरले आफूमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् ।

केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापन प्रति आलोचनात्मक टिप्पणी गर्दै आएका पत्रकार तुरमाथि हमला गर्नेहरुले आफू आईएसआई आबद्ध रहेको बताएको उनले बताए ।

आफूमाथि आक्रमण अघि ती व्यक्तिहरु कहिले नदेखेको तर उनीहरुको भनाइ अनुसार आईएसआई सदस्यहरु हुन सक्ने तुरले बताए ।
आक्रमणकारीहरु आईएसआई हुन या होइनन् पत्ता लगाउने काम प्रहरीको भएको जर्मन समाचारपत्र डुस्टाच वेलसँग अन्तवार्तामा उनले बताए ।

पाकिस्तानमा वर्तमान सरकारको समयमा पत्रकारहरुमाथि आक्रमणको घटना ह्वात्तै बढेको तुरले बताए । सरकारकारले गरेका धेरै गैरकानूनी र गलत कामहरुको कारण पत्रकारहरुमाथि असुरक्षा बढेको तुरले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : १५ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव