लिबियामा युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता « Khabarhub

लिबियामा युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाले देशमा अर्को युद्ध हुन नदिने बताएका छन् ।

‘हामी यस विभाजनलाई कुनै कारणले जारी राख्न दिने छैनौं । लिबियाको प्रतिनिधि सभा (संसद) को विरोधमा यहाँ विरोध प्रदर्शन गरिरहेका आफ्ना समर्थकहरूलाई दबेबाले भने, ‘अब देशमा युद्ध हुनेछैन । हामी विकास र स्थिरतालाई निरन्तरता दिनेछौं ।’

उनले यस वर्षको अन्त्यसम्ममा निष्पक्ष निर्वाचन सम्पन्न गराउन आफ्नो सरकारको उत्सुक रहेको बताए । दबेबाको राष्ट्रिय एकता सरकार (जीएनयू) लाई संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त लिबियाली राजनीतिक वार्ता फोरम (एलपीडीएफ) द्वारा फेब्रुअरीमा छानिएको थियो । यसले देशमा वर्षौंको राजनैतिक विभाजनको अन्त्य गरेको विश्व समुदायको बुझाइ छ ।

सेप्टेम्बर ८ मा संसदले वित्तीय र प्रशासनिक उल्लङ्घनको विषयमा दबेबालाई प्रश्न गर्न एक सत्र आयोजना गरेको थियो । दबेबाले जीएनयूको बजेट लाई संसदबाट अनुमोदन नगर्ने अडान राखेका थिए ।

मंगलबार संसदले जीएनयूलाई दिएको विश्वास फिर्ता लिने घोषणा गरेको थियो तर यसलाई रेखदेख गर्ने सरकारको रूपमा दबेबाको सरकारलाई नै अख्तियार दिएको थियो ।

सरकार र आफूमाथिको विश्वास फिर्ता गर्ने संसदको कदमको दबेबाले आफ्ना समर्थकहरूलाई विरोध गर्न आह्वान गरेका थिए । लिबियामा डिसेम्बरमा आम चुनाव हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : १६ बजे

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमा नै सार्वजनिक गर्नु नै सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२

चालु वर्षको २ महिनाका विपद्‍मा परी १ सय ५ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि असार

मिडियामा राज्यको संकुचित दृष्टि

नेपाली प्रेस यतिबेला राज्यको संकुचित दृष्टिका कारण गम्भीर संकटमा परेको