प्रिमियर लिग : लिभरपुल र ब्रेन्टफोर्डको बराबरी « Khabarhub

प्रिमियर लिग : लिभरपुल र ब्रेन्टफोर्डको बराबरी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाए पनि जित हात पार्न सकेन । ब्रेन्टफोर्डका लागि इथान पिन्नोक, भिटाली जनेल्ट र योएनी विसाले गोल गरे ।

लिभरपुलका डिएगो जोटा, मोहमद सलाह र  कुर्टिस जोन्सले गोल गरे । बराबरीपछि पनि लिभरपुल ६ खेलमा १४ अंकसहित शीर्ष स्थानमा कायमै छ । ब्रेन्टफोर्ड ९ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ५२ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट