तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो « Khabarhub

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ ।

हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् ।

तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्टै हेरात शहरको एक चौरमा चार जनाको शव झुन्ड्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरले जनाएका छन् ।

गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले नरम शासन गर्ने बताउँदै आएकोमा फेरि मृत्यु दण्डको सजाय शुरू गरिएकोमा मानव अधिकारवादीहरुले आलोचना गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ५९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित