कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन « Khabarhub

कांग्रेस स्थानीय तह अधिवेशन : कतै सर्वसम्मत, कतै निर्वाचन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । देशका ६४ जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन गर्ने भनिए पनि ९ वटा जिल्लामा भने अधिवेशन हुन नसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

उनले खबरहबसँग भने, ‘हिजे ६४ जिल्लामा अधिवेशन गर्ने कुरा थियो, तर ९ वटा जिल्लामा अधिवेशनको मिति सारिएको छ । ती मध्ये केही जिल्लामा यही ११ गते र १६ गते अधिवेशन हुन्छ ।’ अधिवेशन भएका स्थानीय तहको परिणाम केन्द्रमा आइनसकेको उनले जानकारी दिए ।

केही स्थानीय तहमा सर्वसम्मत भएको र केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा भएको उनले जानकारी दिए ।

सोमबार मतिपारिणाम आएको एकमात्र महानगरपालिका पोखराको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीलाई पराजित गरेका छन् । विजुक्छे वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

स्थानीय तहको मतपरिणाममा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच प्रतिस्पर्धा भएको छ । मतपरिणाम मिश्रित आएको छ । तर, परम्परागत रुपमा पौडेल पक्ष बलियो रहेको कर्णालीको दैलेख जिल्लामा देउवा समूह हावी देखिएको छ । सोमबार बिहानसम्म जिल्लाका ११ मध्ये ५ स्थानीय तहको परिणाम आउँदा पाँचैमा देउवा समूहका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् ।

उता सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । सभापति देउवा इतर समूहले बहिस्कार गरेको स्थानीय तहको अधिवेशनमा देउवा निकट उम्मेदवारहरु नै विजयी भएका छन् । जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिकामा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिकामा भोजराज भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् ।
यस्तै रुपन्देहीका १६ स्थानीय तहमध्ये ५ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अन्य स्थानीय तहमा निर्वाचन भएको छ ।

बुटवल उपमहानगरपालिकामा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । उनले देउवा पक्षीय उम्मेदवारलाई पराजित गरेका छन् । यस्तै देवदह नगरपालिकामा पौडल पक्षका गनाखर भुर्तेल सभापतिमा विजयी भएका छन् । अन्य स्थानीय तहमा भने देउवा निकट उम्मेदवार विजयी भएका छन् ।

विभिन्न जिल्लामा अहिले पनि मतगणना जारी रहेकाले मपरिणाम आउनेक्रम जारी छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ३३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।