एमाले बैठक : प्रतिवेदनमाथि उठेका प्रश्नको उत्तर दिँदै नेतृत्व « Khabarhub

एमाले बैठक : प्रतिवेदनमाथि उठेका प्रश्नको उत्तर दिँदै नेतृत्व


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानको भवनमा जारी छ । बैठकको तेस्रो दिन आइतबार बैठकमा प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ नेतृत्वले दिइरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । ती प्रतिवेदनहरुमाथि शनिबार १० वटा समूहमा छलफल भएको थियो । सबै समूहले आफ्नो निष्कर्ष शनिबारै प्रस्तुत गर्दै तीन वटै प्रतिवेदनमा व्यापक परिवर्तनको सुझाव दिएका थिए ।

अहिले उपमहासचिब पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नवको जवाफ दिएका छन् । त्यसपछि महासचिब पोखरेलले र अन्तिममा अध्यक्ष ओलीले जवाफ दिनेछन् । दुई दिन चल्ने भनिएको बैठक आइतबार तेस्रो दिनसम्म लम्बिएको छ । आइतबारै बैठक सकिने जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : १६ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै