चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउन निर्देशन « Khabarhub

चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउन निर्देशन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएम अध्ययन गरेका तर कोरोना महामारीका कारण नेपाल आएकाले इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य समितिको बैठकमा सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुको इन्टर्नसिपका लागि नेपाल सरकारले चीनसँग आवश्यक कूटनीतिक पहलअघि बढाउनुपर्ने सांसदहरुले बताएका छन् ।

तत्काल चीन पठाउन नसक्ने अबस्थामा मेडिकल र इन्जिनियरिङ्ग विषयको प्रयोगात्मक परीक्षा गर्न समस्या भएका विद्यार्थीहरुका लागि नेपाल सरकारले समाधान खोज्नुपर्ने शिक्षा स्वास्थ्य समितिकी अध्यक्ष जयपुरी घर्तीले बताइन् ।

नेपाल मेडिकल काउन्सिलले चीनमा एमबीबीएसको अध्ययन पुरा गरेका सन् २०१४ ब्याजका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिप गर्न दिने अनुमति दिए पनि सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुलाई भने हालसम्म अनुमित दिएको छैन ।

त्यस्तै जापानमा अध्ययन गर्न वैदेशिक अध्ययन अनमति पत्र (एनओसी) लिएका र जापान सरकारबाट पनि सिओई (अध्ययनका लागि आउन) अनुमति र भिसा पाएका विद्यार्थीहरुलाई पठाउन सरकारले कूटनीतिक पहल गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

नेपाल सरकार र मणिपाल कलेजबीच भएको सम्झौता समितिमा उपलब्ध गराउन र सो सम्बन्धमा मणिपाल कलेज बिक्री भएको हो वा होइन त्यसको वास्तविकता बुझी जानकारी गराउन पनि समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : २८ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र