हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन « Khabarhub

हुम्लाका चार गाउँपालिकामा कांग्रेस नेतृत्व चयन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ । शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ ।

सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

ताँजकोटमा कृष्ण मल्ल, खार्पुनाथमा टक्क शाही, सिमकोटमा धर्मराज रोकाया र नाम्खामा सुनामबहादुर लामा सभापतिमा सर्वसम्मत चयन भएको बताइएको छ । यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भनिए पनि सहमति जुट्न नसकेको जनाइएको छ।

यसैगरी चङ्खेली र सर्केगाड गाउँपालिकामा अधिवेशन सुरु नभएको बताइएको छ । गाउँपालिकाभित्र रहेका वडाका आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचित गरिएको जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिकामा यसअघि नै सभापतिमा धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचित गरिएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ४७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी