प्रहरी प्रतिवेदन : आपराधिक घटनामा संलग्न १ हजार १४३ जना फरार  « Khabarhub

प्रहरी प्रतिवेदन : आपराधिक घटनामा संलग्न १ हजार १४३ जना फरार 


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कूल ३ हजार ९ सय ८ वटा अपराधमा ४ हजार ८ सय २६ अभियुक्तहरू संलग्न रहेका थिए । उनीहरूमध्ये ४ हजार ४ सय ९१ पुरुष र ३ सय ३५ महिला रहेका छन् ।

अदालतबाट सजाय तोकिएका मध्ये १ हजार ४ सय ४४ जना फरार प्रतिवादीहरू भदौ महिनामा पक्राउ परेका छन् । उनीहरूलाई ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत विगो रकम ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ असुल भएको छ । सो अवधिमा विभिन्न शीर्षक मार्फत ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजश्व संकलन भएको छ ।

भदौ महिनामा भएका १ हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परी १ सय ७० जनाको मृत्यु भएको छ भने ५ सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

उक्त महिनामा कूल ३ सय ४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ४ सय ७५ जना मानिसहरू पक्राउ परेका छन् । साथै ७९० किलो गाँजा, ३६.२ किलो चरेश, ७५४ ग्राम हेरोईन र २ किलो अफिम र २.९६ किलो कोकिन बरामद भएको छ ।

भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने २० राउण्ड गोली र ३ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार सहित २६ जना पक्राउ परेका छन् ।

भदौ महिनामा दर्ता भएका घटनामध्ये ज्यान सम्बन्धी ६ सय ६३ वटा, आत्महत्याको ४ सय ८१ वटा, चोरीको २ सय ७९, संगठित/आर्थिक अपराध ४ सय ६३, सामाजिक अपराध ९ सय ५३, महिला बालबालिका विरुद्ध ४ सय ४४, सवारी सम्बन्धी १ सय ५७ र विविधतर्फ ४ सय ६८ वटा मुद्दा दर्ता भएका छन् । दैनिक औषत १ सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ४ सय ८१ वटा घटनामध्ये झुन्डिएर ३ सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर १, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् ।

भदौ महिनाभरि ६ सय २४ विपद्का घटनामा ६५ जनाले ज्यान गुमाएका छन् भने १ सय ९ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट ३ र अविरल वर्षाबाट १ जनाको ज्यान गएको थियो । उद्धारको लागि ३ हजार ९ सय ८१ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ बिरूद्धको खोप लगाउने कार्यक्रममा भेरोसिल ५ हजार ८ सय ४८ जना, जोनसोन एण्ड जोनसोन ८ हजार १९ जना र एस्ट्राजेनिका १ हजार ५ सय ९६ जना गरी जम्मा १५ हजार ४ सय ६३ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : ३० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको