डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न « Khabarhub

डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ ।

जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन् ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् ।

जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी हुनुभएको हो भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौ वटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, “सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।”

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ०४ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय