थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग « Khabarhub

थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् ।

थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय गरेको हो ।

थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिने भाषा आयोगको निर्णयविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।

थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लाका स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दबाब दिने कार्यक्रम रहेको जानकारी दिए ।

आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन् ।

यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई/मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् ।

पुत्रको सुख, शान्ति र चिरायूका लागि महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३० बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने