जर्मनी चुनाव : १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने « Khabarhub

जर्मनी चुनाव : १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिने भएकी छिन् ।

६८ वर्षीया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसकेकी छिन् । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।

लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्बाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बीर देखाउन नसकेका बताउने गरिएको छ ।

नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।

कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको