पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल « Khabarhub

पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन्।

पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ

पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ। विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिँदा पनि र नलिँदा पनि खतराको अवस्थामा पुगेको छ।

पछिल्लो दुई सातामा पाकिस्तानको स्टेट बैंकले विदेशी मुद्रा १.६ बिलियन डलरले गिरावट आएको जनाएको थियो।

इस्लामावादले एक बिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय सुकुन्ड बोन्डका लागि भुक्तान गरेपछि उक्त गिरावट आएको बताइएको छ।

त्यसैगरी मुद्रास्फितीले पनि पाकिस्तानलाई संकटमा पुर्याएको छ। यस साता सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) १४.५ प्रतिशत पुगेको र यो सातामात्रै १.४ प्रतिशतका दरले वृद्धि भएको बताइएको छ।

प्रधानमन्त्रीका बित्तिय तथा राजस्व सल्लाहकार सउकत तारिनले उक्त वार्तालाई टुंगोमा नपुर्याउँदै साउदी अरब प्रस्थान गरेका हुन्।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : २२ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम