पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल « Khabarhub

पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन्।

पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ

पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ। विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिँदा पनि र नलिँदा पनि खतराको अवस्थामा पुगेको छ।

पछिल्लो दुई सातामा पाकिस्तानको स्टेट बैंकले विदेशी मुद्रा १.६ बिलियन डलरले गिरावट आएको जनाएको थियो।

इस्लामावादले एक बिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय सुकुन्ड बोन्डका लागि भुक्तान गरेपछि उक्त गिरावट आएको बताइएको छ।

त्यसैगरी मुद्रास्फितीले पनि पाकिस्तानलाई संकटमा पुर्याएको छ। यस साता सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) १४.५ प्रतिशत पुगेको र यो सातामात्रै १.४ प्रतिशतका दरले वृद्धि भएको बताइएको छ।

प्रधानमन्त्रीका बित्तिय तथा राजस्व सल्लाहकार सउकत तारिनले उक्त वार्तालाई टुंगोमा नपुर्याउँदै साउदी अरब प्रस्थान गरेका हुन्।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : २२ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको