प्रधानन्यायाधीशलाई भेटेर १५ न्यायाधीशले भने- न्यायालयको गरिमा राख्न राजीनामा गर्नूस् « Khabarhub

प्रधानन्यायाधीशलाई भेटेर १५ न्यायाधीशले भने- न्यायालयको गरिमा राख्न राजीनामा गर्नूस्


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सर्वोच्च अदालतका न्यायाधीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सामूहीक भेटेर राजीनामा दिन सुझाएका छन् ।

जबरालाई सामूहिक भेटेर उनीहरुले न्यायालयको साख गिर्दो अवस्थामा पुगेकाले त्यसलाई माथि उठाउन प्रधानन्यायाधीश जबरालाई भेटेर उनीहरुले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि  कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ३९ बजे

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?

काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र

निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज

एमालेमा जस्तो लोकतन्त्र अरूमा छैन, एक जनाले भन्दा चुनाव हुन्छ : देवी ज्ञवाली

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी