‘परमादेश गर्ने पाँच जना, राजीनामा चाहिँ एक जनाको मात्रै किन श्रीमान्?’ « Khabarhub

‘परमादेश गर्ने पाँच जना, राजीनामा चाहिँ एक जनाको मात्रै किन श्रीमान्?’


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत संविधान कार्यान्वयन ठीक ढंगले भए नभएको हेर्नुपर्नेमा अतिरिक्त भूमिका निभाउन थालेपछि समस्या निम्तिएको बताएका छन् ।

एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए ।

संविधानको सही कार्यान्वयन भए नभएको हेर्नु पर्ने अदालत पाकिस्तानी शैलीमा परमादेश जारी गरेर सरकार हटाउनेमा लागेको भन्दै उनले फेरि सर्वोच्च अदालतको आलोचना पनि गरे ।

‘…सम्मानित सर्वोच्च अदालतले हेर्ने भनेको संविधानको सही प्रयोग भइरहेको छ कि छैन । त्यसको समुचित ब्याख्या गर्ने हो, दुनियाँमै कही नभएको कुरा  सरकार बनाउने र हटाउने कुरा पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ । आज सर्वोच्च अदालतमा देखिएको छ तमासा ।’

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए ।

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् ?’

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५५ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको