सेयर बजार :  ७८ अंकको वृद्धि, ६ अर्ब ३१ करोडको कारोबार « Khabarhub

सेयर बजार :  ७८ अंकको वृद्धि, ६ अर्ब ३१ करोडको कारोबार


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ ।

सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यो बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ ।

आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : ५५ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता