बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा (भिडियो) « Khabarhub

बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा (भिडियो)


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेको छ ।

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए ।

३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पुर्‍याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ । प्रधानन्यायाधीश राणाले तोकेका इजलास अन्य न्यायाधीशहरुले अस्वीकार गरेपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएको छैन ।

सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म