सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी | Khabarhub Khabarhub

सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्न प्रधान न्यायाधी्सहित न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्व समूचित समाधान दिनुपर्ने माग गरेका छन् ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

ट्रेड युनियनले अदालतभित्र प्रधानन्यायाधीश एवं न्यायाधीशहरु बीचमा असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको, न्यायालयको जनआस्था खस्काउने गरी प्रचार भएको भन्दै अदालतमा भैरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : २३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको