सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी « Khabarhub

सुनुवाइ रोके आन्दोलन गर्ने सर्वोच्चका कर्मचारीको चेतावनी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पुष्पराज तिमल्सिनाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्न प्रधान न्यायाधी्सहित न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्व समूचित समाधान दिनुपर्ने माग गरेका छन् ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

ट्रेड युनियनले अदालतभित्र प्रधानन्यायाधीश एवं न्यायाधीशहरु बीचमा असमझदारी भई मुद्दाको सुनुवाई नै प्रभावित भएको, न्यायालयको जनआस्था खस्काउने गरी प्रचार भएको भन्दै अदालतमा भैरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : २३ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,