विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित « Khabarhub

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन दिए ।

पत्रकारलाई जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर समूह रमाउनेसमेत बताएको सहभागी एक नेताले बताए । मंगलबार भएको विराटनगर अधिवेशनमा भने दुई खेमा देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको छ ।

नगर कमिटीको नेतृत्वका लागि दुई जना दाबेदार भएपछि मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा देखिएका छन् ।

यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहेका छन् । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उनी प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुन् ।

थापा भने नेकपा हुँदासमेत अध्यक्ष नै रहेका थिए भने अहिले पनि उनी अध्यक्ष नै रहेका छन् । एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू भने चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका छन् । प्रदेश कमिटी सचिव विनोद ढकालले यसको नेतृत्व गरिरहेका छन् ।

महानगर अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पदका भोकाहरूले पार्टी फुटाए पनि त्यसको असर नदेखिएको दाबी गरे । माधव नेपाल अलग्गिएसँगै गुटको अन्त्य भएको भन्दै उनले अब गुटको राजनीति गर्ने छुट कसैलाई नभएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : १८ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,