एमाले महाधिवेशन : एआईजीसहित २२ सय सुरक्षाकर्मी परिचालन « Khabarhub

एमाले महाधिवेशन : एआईजीसहित २२ सय सुरक्षाकर्मी परिचालन


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ । छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । उनकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ ।

‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भने, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’

उनकाअनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।

१४ पार्किङस्थल

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले भने, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : २८ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको