राजनीति

एमालेको दशौँ महाधिवेशन स्थल चितवनबाट लाइभ

By खबरहब

November 26, 2021

चितवन– आजदेखि शुरु हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनसँगै चितवनमा उद्घाटनको तयारीसँगै बिहानैदेखि चहलपहल बढेको छ ।

भिडियोमा हेर्नुहोस् महाधिवेशन स्थलबाट प्रत्यक्ष प्रसारण

महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका शीर्ष नेताहरू हिजो नै चितवन पुगिसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्ताहरु आउने क्रम जारी छ । नारायणी नदी किनार क्षेत्रमा हुन गइरहेको महाधिवेशन स्थलमा बिहानैदेखि कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ ।

महाधिवेशन स्थलको सुरक्षालाई लक्षित गरी नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र शसस्त्र प्रहरीका २२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । महाधिवेशनमा चार देशका आठ वटा राजनीतिक दलका १५ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।