अभिनेत्री शिल्पाका पति राजको अग्रिम जमानत याचिका खारेज « Khabarhub

अभिनेत्री शिल्पाका पति राजको अग्रिम जमानत याचिका खारेज


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई मोबाइल एपमार्फत प्रदर्शन गरेको मामलामा उनले दायर गरेको अग्रिम जमानत याचिकालाई बम्बई हाईकोर्टले गरिदिएको छ । उनले दायर गरेको याचिकामा आफ्नो प्रोडक्सन कम्पनीले निर्माण गरेको भिडियो ‘कामुक’ भए पनि ‘एडल्ट’ नभएको उल्लेख गरेका थिए ।

यद्यपि अदालतले राजले गरेको दाबीलाई अस्वीकार गरेको छ । राजबाहेक अभिनेत्री पुनम पाण्डे र शर्लिन चोपडासहित ६ व्यक्तिले अग्रिम जमानतका लागि निवेदन दिएका थिए । राजलाई गत जुलाई १९ मा पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको थियो । उनी दुई महिना जेलमा बसेपछि जमानतमा बाहिर आएका थिए ।

याचिकालाई खारेज गर्दै न्यायाधीश एन डब्ल्यू साम्ब्रेले कुनै पनि कानूनी कारवाहीबाट बच्नका लागि यी सबै आरोपीको अन्तरिम सुरक्षा ४ हप्ताका लागि बढाएको जनाएका छन् । मुम्बई प्रहरीको साइबर सेलमा दर्ता भएको अश्लील फिल्म रेकेटको विवादमा फँसेका कारोबारी राजले याचिका दर्ता गर्दै अदालतलाई आईटी अधिनियमको धाराहरु ६७ र ६७(ए) कुनै पनि मुद्धामा लागु नहुने दाबी गरेका थिए ।

यसअघि राजको पक्षमा वकालत गर्दै आएका प्रशान्त पी पाटिल र स्वप्निल अम्बुरेले अदालतमा प्रस्तुत गरेको दस्तावेजमा राज कुनै पनि किसिमले सामाग्री निर्माण, प्रकाशन या भिडियो प्रसारण गर्ने काममा संलग्न नभएको दाबी गरेका थिए । वकिलद्वयले कलाकारको सहमतिमा उनीहरुको सुट गरिएको भिडियो बाहिर आएको उल्लेख गरेका थिए ।

वकिलहरुले राज यूकेको नागरिक भएको र उनको नाम प्राथमिकतामा नरहेको जनाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ५८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी