अभिनेत्री शिल्पाका पति राजको अग्रिम जमानत याचिका खारेज « Khabarhub

अभिनेत्री शिल्पाका पति राजको अग्रिम जमानत याचिका खारेज


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई मोबाइल एपमार्फत प्रदर्शन गरेको मामलामा उनले दायर गरेको अग्रिम जमानत याचिकालाई बम्बई हाईकोर्टले गरिदिएको छ । उनले दायर गरेको याचिकामा आफ्नो प्रोडक्सन कम्पनीले निर्माण गरेको भिडियो ‘कामुक’ भए पनि ‘एडल्ट’ नभएको उल्लेख गरेका थिए ।

यद्यपि अदालतले राजले गरेको दाबीलाई अस्वीकार गरेको छ । राजबाहेक अभिनेत्री पुनम पाण्डे र शर्लिन चोपडासहित ६ व्यक्तिले अग्रिम जमानतका लागि निवेदन दिएका थिए । राजलाई गत जुलाई १९ मा पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको थियो । उनी दुई महिना जेलमा बसेपछि जमानतमा बाहिर आएका थिए ।

याचिकालाई खारेज गर्दै न्यायाधीश एन डब्ल्यू साम्ब्रेले कुनै पनि कानूनी कारवाहीबाट बच्नका लागि यी सबै आरोपीको अन्तरिम सुरक्षा ४ हप्ताका लागि बढाएको जनाएका छन् । मुम्बई प्रहरीको साइबर सेलमा दर्ता भएको अश्लील फिल्म रेकेटको विवादमा फँसेका कारोबारी राजले याचिका दर्ता गर्दै अदालतलाई आईटी अधिनियमको धाराहरु ६७ र ६७(ए) कुनै पनि मुद्धामा लागु नहुने दाबी गरेका थिए ।

यसअघि राजको पक्षमा वकालत गर्दै आएका प्रशान्त पी पाटिल र स्वप्निल अम्बुरेले अदालतमा प्रस्तुत गरेको दस्तावेजमा राज कुनै पनि किसिमले सामाग्री निर्माण, प्रकाशन या भिडियो प्रसारण गर्ने काममा संलग्न नभएको दाबी गरेका थिए । वकिलद्वयले कलाकारको सहमतिमा उनीहरुको सुट गरिएको भिडियो बाहिर आएको उल्लेख गरेका थिए ।

वकिलहरुले राज यूकेको नागरिक भएको र उनको नाम प्राथमिकतामा नरहेको जनाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ५८ बजे

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य