एमाले महाधिवेशन : यसकारण महासचिवमा भएन उम्मेदवारी « Khabarhub

एमाले महाधिवेशन : यसकारण महासचिवमा भएन उम्मेदवारी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ ।

देशभरबाट नेता कार्यकर्ता चिवनतमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ ।

महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आर्कषक गेट, भित्तेचित्रलगायतले चितवन बेहुलीझैँ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट चितवन आइपुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् ।

तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एकजनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओलीनिकटका दुईजना नेताको आकांक्षा छ ।

वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ओलीनिकट नेता हुन् । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे १०वुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुन् । यी तीन नेताको नाम चर्चामा ल्याइए पनि तीनैजनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् ।

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।

ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् ।

ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनैजना दावेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् ।

स्रोतका अनुसार शुक्रबार बिहानैबाट ओलीनिकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् ।

ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् ।

अधिकांश प्रतिनिधिलाई ओलीको पक्षमा उद्घाटन अघि नै खुल्न लगाएर रावललाई दबाब दिने उनीहरूको रणनीति रहेको रावल पक्षधर एक नेताको दाबी छ ।

स्रोतका अनुसार रावलले वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताएका छन् । तर, ओलीनिकट नेताहरूसँगको छलफलमा भने उनले औपचारिक रूपमा यो प्रस्ताव राखिसकेका छैनन् ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ४५ बजे

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन

आईपीएल फाइनलमा आज आरसिबी र गुजरातको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल

एसियाली छनोट : दीपेन्द्रको कप्तानीमा रहेको नेपाल आज चीनसँग भिड्दै

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आइतबार नेपालले पहिलो खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ