एमाले महाधिवेशन : यसकारण महासचिवमा भएन उम्मेदवारी | Khabarhub Khabarhub

एमाले महाधिवेशन : यसकारण महासचिवमा भएन उम्मेदवारी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ ।

देशभरबाट नेता कार्यकर्ता चिवनतमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ ।

महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आर्कषक गेट, भित्तेचित्रलगायतले चितवन बेहुलीझैँ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट चितवन आइपुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् ।

तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एकजनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओलीनिकटका दुईजना नेताको आकांक्षा छ ।

वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ओलीनिकट नेता हुन् । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे १०वुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुन् । यी तीन नेताको नाम चर्चामा ल्याइए पनि तीनैजनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् ।

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।

ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् ।

ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनैजना दावेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् ।

स्रोतका अनुसार शुक्रबार बिहानैबाट ओलीनिकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् ।

ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् ।

अधिकांश प्रतिनिधिलाई ओलीको पक्षमा उद्घाटन अघि नै खुल्न लगाएर रावललाई दबाब दिने उनीहरूको रणनीति रहेको रावल पक्षधर एक नेताको दाबी छ ।

स्रोतका अनुसार रावलले वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताएका छन् । तर, ओलीनिकट नेताहरूसँगको छलफलमा भने उनले औपचारिक रूपमा यो प्रस्ताव राखिसकेका छैनन् ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ४५ बजे

पर्साको बालसुधार गृहमा मनाइयो होली

वीरगञ्ज– बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम

काठमाडौंबाट २४ जनासहित १४३ सवारीसाधन नियन्त्रण

काठमाडौं– काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा

सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

 काठमाडौं–  युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।  जारी