डिभोर्सपछि हलिउड फिल्ममा सामन्था | Khabarhub Khabarhub

डिभोर्सपछि हलिउड फिल्ममा सामन्था


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु केही समययता चर्चामा छिन् । उनी आफ्नो व्यावसायिकसँगै व्यक्तिगत जीवनलाई पनि लिएर चर्चामा आएकी हुन् ।

गत महिना सामन्थाले पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनका फ्यानलाई ठूलो झड्का लागेको थियो । यिनै सामन्था अहिले व्यावसायिक विषयका कारण चर्चामा छिन् । सामन्था हलिउड फिल्म ‘अरेजमेन्ट्स अफ लभ’मा अनुबन्धित भएकी छन् । फिल्मको निर्देशन ‘बाफ्टा अवार्ड’ विजेता निर्देशक फिलिप जोनले गर्नेछन् ।

फिलिपले कैयौं चर्चित टेलिभिजन शो निर्माण गरेका छन् । जसमा ‘द गुड कर्मा हस्पिटल’ र ‘डाउनटाउन एबे’ जस्ता हिट शो छन् । उनको फिल्मको निर्माण सुनीता टाटीको प्रोडक्सन हाउस गुरु फिल्मस्ले गर्नेछ ।

फिल्म ‘अरेन्जमेन्ट्स अफ लभ’ सन् २००४ मा सार्वजनिक भएको ‘बेस्ट सेलिङ नोभल’मा आधारित छ । फिल्ममा सामन्थाको भूमिका एक भारतीय जासुसको हुनेछ ।

सामन्थाले ‘द फेमिली २’मा दक्षिण भारतीय क्षेत्रबाहिर आफ्नो फ्यान फलोइङ बढाएकी थिइन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १२ : ३९ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ