सलमानका कारण अभिनेत्रीविहिन बन्यो ‘अन्तिमः द फाइनल ट्रुथ’ « Khabarhub

सलमानका कारण अभिनेत्रीविहिन बन्यो ‘अन्तिमः द फाइनल ट्रुथ’


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता तथा निर्माता सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबारबाट रिलिज भएको छ । कोरोना समयको दुई वर्ष पछि थिएटरमा प्रदर्शनमा आएको यो सलमानको पहिलो फिल्म हो । यसअघि उनको फिल्म ‘राधे’ ओटीटी प्लेटर्फममा रिलिज भएको थियो ।

यो फिल्ममा सलमानले एक सिखको भूमिका निभाएका छन् । मानिसहरु प्रायः धर्मको विषयलाई लिएर छिट्टै आहत हुन्छन् । यस्तो अवस्थामा सलमानले धर्मलाई लिएर कति धेरै सावधानी अपनाएका छन् भन्ने कुरा उनी आफैंले भनेका छन् । ‘हरेक फिल्मको भूमिका निभाउदा सावधानी अपनाउनु पर्छ । फिल्ममा हामीले जब कसैको संस्कृति र रीतिरिवाज देखाउछौं, त्यसको पुरा सम्मान हुनुपर्छ’, उनले भनेका छन् ।

सलमानका अनुसार फिल्म ‘अन्तिम’मा सिखलाई ‘राजा’ को शैलीमा देखाइएको छ । ‘मैले सिखको भूमिका निकै राम्रोसँग निभाएको छु । यसअघि मैले ‘बजरंगी भाईजान’मा पनि केही गलत देखाएको थिइनँ’, सलमान भन्छन्, ‘यदि तपाईं कुनै पनि भूमिका निभाउनुहुन्छ भने, उसको संस्कृति पनि देखाउन आवश्यक छ । जस्तो कि म ‘हल दिल दे चुके सनम’ या सुरज बड्जात्याको फिल्ममा काम गर्छु, कसैको भूमिका वा उसको संस्कृतिलाई तल पारेर देखाइनँ ।’

सलमानको करियरमा पहिलोपटक यो फिल्ममा उनले कुनै पनि अभिनेत्रीसँग रोमान्स गर्न पाएका छैनन् । ‘यो फिल्म जब बनिरहेको थियो, हामीले यसभित्र एक रोमान्टिक ट्रयाक राखेका थियौं । त्यसका लागि हिरोइन पनि फाइनल गरिसकेका थियौं र त्यसको गीत पनि खिचिएको थियो । तर मैले जब मैले फिल्मको कथा हेरें, मलाई लाग्यो कि मेरो भूमिका एक्लो हुनुपर्छ । नत्र मेरो भूमिका कमजोर हुन्छ । त्यसपछि मैले ती अभिनेत्रीसँग धेरै माफी मागें र आगामी दिनमा उनीसँग निश्चित रुपमा काम गर्छु भनेर वचन दिएँ ।’

उनले अडिसनमा अभिनेत्रीले राम्रो काम गरेको उल्लेख गरे । तर सलमानले अभिनेत्रीको नाम खुलाउन चाहेनन् । सलमानले फिल्ममा अभिनेत्री नलिनुको कारण फिल्मको कथा नै रहेको दाबी गरे ।

कोरोनाको असर
सलमानका अनुसार फिल्ममा उनको भूमिका सिख भएर पनि सुटिङ पञ्जाबमा हुन सकेन । ‘हामीहरु पञ्जाब र हरियाणामा यसको सुटिङ गर्ने तयारीमा थियौं । तर लकडाउनका कारण यसको सुटिङ मुम्बईमा नै गर्नुपर्यो’, उनले भनेका छन् । सलमानले मुम्बईमा हुर्किएको सिख भएकाले उनको भूमिकाले मराठीमै बोल्ने गरेको छ ।

फिल्ममा सलमानसँगै उनको बहिनी ज्वाइँ आयुष शर्मा पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् । ‘मलाई खुशी छ कि मेरो परिवारको एक केटाले राम्रो काम गरेको छ । तपाईंले उसबाट कुनै कमजोरी निकाल्न सक्नुहुन्नँ’, उनले भनेका छन् ।

फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ मराठी फिल्म ‘मुलशी पैटर्न’को रिमेक हो । यसको निर्माण सलमान खान फिल्मस्ले गरेको हो भने निर्देशन महेश माञ्जरेकरको छ । यही फिल्मबाट महिमा मकवाना बलिउडमा डेब्यू गरेकी छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर