एमाले महाधिवेशनमा प्रविधिको प्रयोग : मत माग्ने नौलो तरिका « Khabarhub

एमाले महाधिवेशनमा प्रविधिको प्रयोग : मत माग्ने नौलो तरिका


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरू मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन्।

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरूले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन् ।

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो । आउट बन्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ । भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो ।

एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर इन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए । उनले एक घण्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन् । एक घण्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको न्युज कारखानालाई जानकारी दिए ।

‘यो भर्खर भर्खर सुरु भएको छ । एमालेमा सञ्जीव रोकाहाले फस्ट प्रयोगमा ल्याउनुभयो,’ उनले भने ।

पहिलोपटक प्रयोग गरेका इन्जिनियर रोकाहाले मतदाताहरुमा सहज ढंगबाट सन्देश पुर्‍याउन यो प्रविधि उपयोगी भएको बताए । ‘सबै प्रतिनिधिलाई व्यक्तिगत रूपमा फोन गर्न सम्भव भएन । त्यसैले सफ्टवेयरबाट एकैपटक सन्देश जाने प्रभावकारी माध्य भएकाले प्रयोग गरे । प्रतिनिधिहरूले यो रुचाउनुभयो । हाम्रो ट्रायलपछि अरु नेता कार्यकर्ताले पनि प्रयोग गरिरहेका छन्,’ उनले भने ।

प्रतिनिधिहरूका अनुसार महाधिवेशनमा मत माग्न मिसकल एलर्ट, ओबीडी बल्क एसएमएसहरू आइरहेका छन् । उनीहरूको अनुभवमा यसपटक सबैभन्दा बढी सम्भावित उम्मेदवारले धेरै भन्दा धेरै एसएमएस पठाएका छन् ।

महाधिवेशन प्रचार प्रसार समितिका अनुसार उम्मेदवारहरुले डिजिटल ब्यानर र भिडियो सन्देश पनि प्रवाह गरेका छन् । आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट घोषणा गर्ने क्रम पनि छ । लाइभमा आएर घोषणा गर्ने प्रयोग पनि भइरहेको छ । न्युजकारखाना

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : ३१ बजे

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई