नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी « Khabarhub

नेपाली कांग्रेस दाङको सभापतिमा चार जनाको उम्मेदवारी


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्ला अधिवेशनको लागि प्रक्रिया सुरु भएको छ । जिल्ला नेतृत्वको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ ।

कांग्रेस दाङ हाक्ने गरी जिल्लामा चार जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षधबाट दुई जना र संस्थापन इतरबाट दुई जना जिल्ला नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा छन् ।

संस्थापन पक्षबाट दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट भूपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । जानकीलाल बस्नेत नेविसंघका पूर्व जिल्ला अध्यक्ष हुन् । १३औं महाधिवेशनका क्रममा क्षेत्रीय सभापतिमा बराबर मत आएपछि गोला प्रथाबाट उनी अनुराग यादवसँग पराजित भएका थिए ।

भूपबहादुर डाँगी क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति हुन् । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका छन् । उनी स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

क्षेत्र नम्बर २ बाट कमल किशोर घिमिरेले संस्थापन इतर समूहबाट समापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । घिमिरे पूर्व जिल्ला सचिव हुन् भने गत अधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी हुन् । १३औं महाधिवेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्कासँग पराजित भएका नेता हुन् । संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने शंकर डाँगीले पनि सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनी अहिलेका जिल्ला सचिव हुन् ।

जिल्ला कार्य समितिको उपसभापतिका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल, सूर्यप्रकाशले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन् ।

सात जना पदाधिकारी, १८ जना समावेशी, २७ जना एक पालिकाबाट दुईरदुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।

निर्वाचमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक चुनाव हुने निर्वाचन समितिले जनाएको छ । न्यूजकारखाना

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ४६ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता