आलु र स्याउ तासेर खानुहुन्छ ? बोक्रामा छ पाइन्छ पोषण « Khabarhub

आलु र स्याउ तासेर खानुहुन्छ ? बोक्रामा छ पाइन्छ पोषण


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस फलफूल तथा तरकारी खाँदा बोक्रा खान मन पराउँदैनन् । गुदीको तुलनामा बोक्रा बेस्वादिलो हुने, खान मन नलाग्ने उनीहरुको तर्क रहन्छ । तर फलफूल र तरकारीका बोक्रामा पनि शरीरलाई फाइदा दिने भिटामिन लगायतका तत्वहरु हुन्छन् । कतिपय फलफूल र तरकारीमा गुदीमा भन्दा बोक्रामा बढी भिटामिन, मिनिरल पाइन्छ ।

स्याउ

स्याउको गुदी नरम, मीठो हुन्छ तर बोक्रा कडा, टर्रो, अमिलो, चपाउन गाह्रो हुन्छ । त्यसैले धेरैले स्याउ बोक्रासँगै खानुको साटो तासेर खान्छन्। तर स्याउको गुदीको तुलनामा बोक्रामा ३३२ प्रतिशत बढी भिटामिन के, १४२ प्रतिशत बढी भिटामिन ए, ११५ प्रतिशत बढी भिटामिन सी, २० प्रतिशत बढी क्याल्सियम र १९ प्रतिशतभन्दा बढी पोटासियम पाइन्छ । बोक्रा तासेर फ्याल्दा धेरै भिटामिन तथा पोषक तत्व जान्छ ।

आलु

बोक्रासहित उसिनेको आलुमा बोक्रा फ्याँकेको आलुको तुलनामा १७५ प्रतिशत बढी भिटामिन सी, ११५ प्रतिशत बढी पोटासियम, १११ प्रतिशत बढी फोलिक एसिड र ११० प्रतिशत बढी म्याग्नेसियम तथा फस्फोरस पाइन्छ । बोक्रा तासेर उसिनेको आलु खाँदा उपयोगी भिटामिन तथा पोषक तत्त्व पनि गुम्छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ५४ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल