क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग « Khabarhub

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ ।

बागलुङ स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने ‘मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन् ।’ उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन । उनले जिल्लाको बडिगाड गाउँपालिका बढी प्रभावित भएको जानकारी दिएका छन् ।

क्षयरोग भएकालाई कोरोना सङ्क्रमण, एचआइभी तथा अन्य सङ्क्रामक रोगको बढी समस्या हुने बताइएको छ । स्वास्थ्य कार्यालयद्वारा हालै आयोजित ‘लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रम’मा कार्यपत्र प्रस्तुत गर्दै क्षयकुष्ठ निरीक्षक घिमिरेले क्षयरोगमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए। नेपालका कुल सङ्क्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए ।

एचआइभी सङ्क्रमणको अवस्था पनि डरलाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । ‘क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ’, उनले भने, ‘एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ ।’ उनले असुरक्षित यौन सम्पर्क र लागुपदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागुपदार्थ सेवनकर्ताबाट बढी सङक्रमण देखिएको छ ।

रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कोरोना सङ्क्रमण भएको व्यक्ति रोगले भन्दा लाञ्छनाले बढी कमजोर भएको अध्ययनले देखाएको कार्यालयका प्रमुख गुरौंले बताए। सबै सङ्क्रमणको उपचार र पूर्व तयारी सम्भव हुने जनाउँदै लाञ्छना हटाउन सामाजिक अभियान सञ्चालन आवश्यक रहेका बताए ।

कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कार्यक्रम अधिकृत सिर्जना थापाले नियमित परीक्षण, स्वास्थ्य शिविर सञ्चालन गरेर तथा निरन्तरको चासोबाट एड्स रोग अन्त्य गर्न सकिने बताइन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ७ : ०८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर