माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आज « Khabarhub

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आज


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आज सुरु हुँदैछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो मात्र महाधिवेशनमा रुपान्तरण गरिएको हो । महाधिवेशनकाे आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुनेछ ।

माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महाधिवेशनबाट अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिएका छन्। नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौँ आइसकेका छन् ।

पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष प्रचण्डलाई चुनौती थपिएको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् ।

प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उनले चाहे अनुरुप हुनेमा शंका छैन ।

विचारको बहस

महाधिवेशन नेतृत्व चयनभन्दा पनि विचारको बहसमा केन्द्रीत हुने बताइएको छ । बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८–९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।

कति प्रतिनिधि सहभागी ?

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।

अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ०० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर