प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

एपीएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।

यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १ : ५९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल